‘शंंकरदास किन ? तीर्थ भट्टराईलाई सुनपानी छर्केर समिति बनाए भइहाल्यो नि !’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले शंकरदास वैरागीको नेतृत्वमा गठन गरेको छानबिन समितिलाई अस्वीकार गरेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिमा नै स्वार्थको द्वन्द्वबाट जेलिएका पात्रहरु रहेको बताएका हुन् ।

उनले स्वार्थको द्वन्द्वबाट जेलिएका पात्रबाट छानबिन हुन नसक्ने बताए । उनले भने, ‘शंकरदास वैरागी अहिलेको निगाह प्राप्त नेताहरुको ‘गुडबुक्स’मा रहनुपर्ने स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ । बैरागी १० वर्षदेखि स्थायी सत्ताको प्रिय पात्र हुनुहुन्छ । रहस्यमय ढंगले मुख्यसचिवबाट बहिर्गमन हुनुभयो । सुरक्षा सल्लाहकार बन्नुभयो । उहाँले यो जिम्मेवारी लिन हुन्न भन्ने हाम्रो पार्टीको मत छ । उहाँ स्वयं सक्षम निकायहरुको रडारमा हुनुहुन्छ । उहाँले कसको छानबिन गर्ने, गृहमन्त्री स्वयं संन्देहको घेरामा हुनुहुन्छ ।’

उनले ‘उच्चस्तरीय संसदीय छानबिन समिति एवम् जाँचबुझ छानबिन आयोग ऐन २०२६’ अन्तर्गत आयोग गठन हुनुपर्ने माग गरे ।

उनले आफूहरुलाई यस्तो छानबिन समिति बनाउँछ भनेर यसअघि नै थाहाभएको बताए । उनले भने, ‘भिजिट भिसाको दुरुपयोग गरी मच्चाइएको लुट, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र मानव तस्करीबारे यो अलोकप्रिय सरकारले यस्तै पूर्वानुमान कार्य गर्ला भन्ने हामीलाई पूर्वाभास थियो । शंंकरदास किन ? तीर्थ भट्टराईलाई सुनपानी छर्केर समिति बनाए भइहाल्यो नि ।’

सोमबारको मन्त्रिपरिषद बैठकले पूर्वमुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *