काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी दिएको छ ।
शनिबार बसेको केन्द्रीय समिति बैठकले बुर्लाकोटीलाई कार्यबाहकबाट हटाएर महामन्त्रीको जिम्मेवारी दिएको हो । संस्थापक महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेपछि उनलाई कार्यवाहक महामन्त्री बनाएको थियो ।
यसैगरी, मनिष झलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । कार्यवाहक प्रवक्ताबाट हटाएर उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ ।