उदारवादको मुकुण्डो

-डा. युवराज संग्रौला ।

आत्मा भनेको चेतना हो । हामी भन्ने गर्छौं ‘मेरो आत्मा रोयो।’ त्यो भनेको मेरो चेतले ‘अस्वीकार गर्यो र मेरो मानवता पग्लियो’ भनेको हो । मानिसको दिमाग नै समग्र अल्गोरिदम हो । यसमा चिन्तन र मननको असीमित सामथ्र्य छ।यसले मूलतः विज्ञानको सहयोगले ‘बोधिसत्व’ को गवेषण, अन्वेषण, सन्धान, अनुसन्धान, विश्लेषण, र बिचारको निर्माण गर्दछ ।

यसले (१) यी सबै चिन्तन र मन्थन गर्दा विमर्सवाद (डायलेटिकल इन्टर्याक्सन), बोधन्मुख चिन्तन (कग्निसन) र प्रयोगवाद (इम्पिरिसिजम) को उपयोग गर्छ। यो सबै जब चिन्तनका रुपमा क्रियाशील रहन्छ, त्यसलाई आत्मा भनिएको हो । जब त्यो प्रक्रिया अधिक्न उन्नतशिल हुन्छ, त्यसलाई अधि+आत्मिक वा ‘आध्यात्मिक’ भनिन्छ, जसले वस्तुभन्दा मानिसको सोचलाई पर लैजान्छ। यो नै मेटाफिजिक्स हो । चिनियाँ दार्शनिक लाओ जु यसका पारङ्गत मानव हुन् । (२) यो चिन्त्तनलाई जब मनले विज्ञानसँग जोडेर वस्तुगत तथ्ययुक्त निष्कर्ष निकाल्छ र त्यसो गर्दा ‘एकले अर्कोसँग क्रियात्मक अन्तरक्रिया गर्दछ त्यो डायलिटिकल वा विमर्सजन्य हुन पुग्छ । अतः डायलिटिकल भनेको पृथक गन्तव्ययुक्त हो, द्वन्द्वात्मक होइन ।

यो सिद्धान्तका सूक्ष्म व्याख्याता हुन मुनि कपिल, जसले सांख्य दर्शनको प्रतिपादन गरे, र उनले ‘प्रकृति (वस्तु) र पुरुष (सुक्ष्म सामथ्र्य) को गोगात्मक अन्तरक्रियाको विज्ञानको सुत्रपात गरे । (३) त्यसलाई अभिव्यक्त गर्ने शैलीका रुपमा गोतामा ले ‘न्यायसुत्र’ विकास गरे, जसलाई तर्कशास्त्र भनिन्छ । यी दुवै नेपाली दार्शनिक थिए। (४) यी ज्ञानलाई अस्तित्वसँग जोडेर हेर्नुपर्छ भन्ने मान्यता गार्गीको थियो, जो नेपाली थिइन् ।

१. यी सबै ज्ञानले विचारको खेतीलाइ जमिन प्रदान गर्छन् र, यिनले विचारका तीन तह प्रकट गर्दछन् (क) वृत्ति (आग्रह वा पूर्वाग्रह) को तह, जहाँ मानिस नितान्त निहित स्वार्थसँग जोडिएको हुन्छ । उसलाई आफ्नो भुँडी बाहेक केही अर्थ छैन । त्यसैले ऊ लोभी हुन्छ, लम्पट हुन्छ, र आपराधिक हुन्छ । यस्ता मान्छेको वर्चस्व छ अहिले नेपालमा । जब पूर्वाग्रही मानिस लोभी हुन्छ, र लम्पट्याइँको बाटोमा लाग्छ, त्यसले आफ्नो अस्तित्व बिर्सेर आफ्नो पहिचान गुमाउँछ । हुन त त्यो काग हो, तर आफूलाई कहिले रुप्पि र कहिले हाँस ठान्छ । उसको आत्मा अँध्यारो हुन्छ र ऊ घृणा र परपीडाको खेतीमा लाग्छ, र अन्तमा पागल हुन्छ ।

२. जब मानिस वृत्तिबाट माथि उठेर सत्यको खोजीमा तथ्यलाई हेर्न थाल्छ, तब उसले विज्ञानलाई सत्यको खोजी गर्ने माध्यम बनाउँछ । उसमा आग्रह पूर्वाग्रह सकिन्छ । बुद्धले यो बाटो समाते । उनले पहिला आग्रह र पूर्वाग्रह त्यागे र ‘कारण र परिणाम’ को अध्ययनबाट ‘अस्थायित्वको सिद्धान्त’ (थेओरी अफ इमपर्मानेन्स) सुत्रपात गरे।, अनि विस्तारै बोधको बाटोमा गए । उनी पनि नेपाली हुन् ।

३. कपिलले सांख्यद्वारा भने ‘मुनामा हांगा समाहित छ, बीउमा रुख समाहित छ’। अर्थात्, बीउमा नै रुखको अस्तित्व स्थित भैसको छ । यो चतेना बोध हो, यो नै आध्यात्मिक हो । यही आध्यात्मिक व्याख्या कृष्ण अर्जुनलाई बताउँछन् ।

हामीले यो ज्ञानलाई बुझ्नु नै दर्शन हो । यो ज्ञानको आलोकमा हेर्दा हामी केही बुद्धि पाउँछौं ।
-वृत्तिमा बाँचेको मानिसको आत्मामा कुनै चेतना हुँदैन, केवल स्वार्थ र अंहकार हुन्छ । त्यस मान्छेको आत्मा अँध्यारो हुन्छ। त्यसले अरुलाई बिच्छीले डसे झैं डस्छ । यस्ता मानिसले आफ्नो पहिचान के हो थाहा नै पाउँदैनन् । जसरी बिच्छीले डस्दा असल र खराब हेर्दैन, यस्ता मान्छेले अरुलाई त्यसरी नै डस्छन् । तर अन्तमा यिनको अन्त्य किराको जस्तै हुन्छ । विज्ञानमा आसिन मानिसको मन उज्यालो हुन्छ । उसले राम्रो र नराम्रो चिन्छ । तर, उसले किन राम्रो र नराम्रो हो भन्ने कुरालाई ध्यान दिन्न ।

त्यसैकारण वैज्ञानिकले बम बनाए । यो अपराध रोक्न मानिस बोधमा गएर बुद्ध बन्नुपर्छ । राजनीतिको मूल धरातल यही बोध हो । माक्र्सले पुँजीको वैज्ञानिकता देखे, तर पुँजीमा मानवीयताको अभाव देखे । अतःवर्गको विश्लेषणको व्याख्याबाट समतावादका लागि समाजवादको परिकल्पना गरे । उनी विज्ञान भन्दा माथि गएर बुद्ध बन्न भ्याएनन् । त्यसैले आज उदारवादको मुकुण्डो  खुल्यो, यो पतनशील छ। तर समाजवादले पनि लक्ष पूरा गर्न सकेन । आजको राजनीति रजनको बाटोमा होइन ‘पश्चिमको असफल प्रणाली शासनको’ बाटोमा छ । रजनको बाटो त समतावाद हो, जहाँ मानिस वृत्ति छोडेर विज्ञानको सहयोगले बोधतर्फ जान्छ । यस्तो राजनीतिले मात्र अँध्यारो आत्म समाप्त गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *