काठमाडौं । टी–२० क्रिकेट नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । स्कटल्याण्डले नेपाललाई ३४ रनले पराजित गरेको हो ।
स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाएको थियो भने नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो । १९४ रनको लक्ष्य पछ्याएको नेपालको ब्याटिङ सुरुवात कमजोर रह्यो ।
कुशल भुर्तेल ४ रनमा आउट भए भने आसिफ शेख १४ रनमा रनआउट भए । कप्तान रोहित पौडेलले २७ रन र दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाए पनि टिमलाई जितसम्म पुर्याउन सकेनन् । अन्तिमतिर रुपेश सिंहले ४३ रनको अविजित पारी खेले तर त्यो पर्याप्त भएन ।
स्कटल्याण्डका क्रिस ग्रीभ्सले ३ विकेट र सफियान शरीफले २ विकेट लिए । टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनायो ।