एजेन्सी । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत जारी अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ । ग्लासगोमा जारी खेलमा स्कटल्याण्डले नेपाललाई जितको लागि १ सय ९४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको हो । नेदरल्यान्ड्सको लागि जोर्ज मुन्सेले सर्वाधिक ७८ रन बनाए । उनले ३९ बलमा ६ छक्का र ५ चौका हिर्काए । यस्तै ब्राण्डन म्याकमुलेनले ४२, माइकल लिस्कले २६ र म्याथेउ क्रसले १७ रनको योगदान गरे ।
नेपालको लागि कुशल भुर्तेलले २ ओभरमा २० रन दिएर दुई विकेट लिँदा रुपेश सिंह, ललित राजवंशी र सन्दीप लामिछानेले एक/एक विकेट लिए ।