रास्वपाको महामन्त्रीमा मुकुल ढकाल नै !

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकाललाई महामन्त्रीमै रहेको पत्र दिएको छ ।

ढकालले आफूलाई गरेको कारबाहीविरुद्ध निर्वाचन आयोगमा निवेदन दिएका थिए । उनको निवेदनमा आयोगले २०८० चैतयता रास्वपाको जिम्मेवारी हेरफेर भएको जानकारी आयोगलाई नभएको भन्दै मुकुन्द महामन्त्री रहेको रेकर्डसहित पत्र पठाएको हो ।

आयोगका अनुसार ढकालले असार ४ गते राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सदस्यहरूको अध्यावधिक विवरण माग गरेका थिए । त्यस्तै आयोगले २०८० चैत २० गते रास्वपाले पछिल्लोपटक अध्यावधिक विवरण पठाएको र अभिलेखमा सोही नै कायम रहेको पनि उल्लेख गरेको छ ।

ढकाललाई रास्वपाले गत वर्षको भदौ ११ गते बसेको पार्टीको बैठकले साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो । पार्टीबाट निष्काशन गर्नुअघि ढकाल निलम्बनमा परेका थिए। पार्टीले निलम्बनमा राखेपछि उनले आयोगलाई पत्र लेखेर कुनै पनि पत्र अध्यावधिक नगर्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *