नेपालविरुद्ध स्कटल्याण्ड टस जितेर पहिले ब्याटिङ गर्दै

एजेन्सी । त्रिकोणात्मक टी-२० आई सिरिजको अन्तिम खेलमा स्कटल्याण्डले नेपालविरुद्ध टस जितेको छ । ग्लासगोमा हुने खेलमा स्कटल्याण्डका कप्तान स्कट एडवार्डले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । नेदरल्यान्ड्सविरुद्धको खेल खेलेका करण केसीको स्थानमा रिजन ढकालले मौका पाएका छन् ।

नेपालको प्लेइङ-११:- कुशल भुर्तेल, लोकेश बम, आसिफ शेख, भीम सार्की, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, रिजन ढकाल, रुपेश सिंह, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *