काठमाडौं । वात्सल्य एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ तेस्रो साताबाट हुने भएको छ । प्रतियोगिता आगामी भदौ २० देखि २८ सम्म हुने आयोजल इन्फिनिटी ड्रिम्स प्रालिले जानकारी दिएको छ ।
लिग आयोजनाको लागि नेपाल भलिबल संघले उक्त मितिलाई स्वीकृत गरेको आयोजकले जनाएको छ । पहिलो पटक गत वर्ष आयोजना भएको महिला भलिबल फ्रेन्चाइजमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणको उपाधि कर्णाली यश्विसले उचालेको थियो ।