युद्धमा अमेरिका होमिए दुर्दशा निम्तिने तेहरानको चेतावनी

बीबीसी । इरानका उपविदेशमन्त्रीले इजरायली हमलामा अमेरिका सामेल भए त्यसले ‘सम्पूर्ण क्षेत्रमा दुर्दशा निम्तने’ चेतावनी दिएका छन् ।

सइद खतीबजादेहले ‘यो अमेरिकाको युद्ध नभएको’ भन्दै यदि राष्ट्रपति डोनल्ड ट्रम्पले यसमा सामेल हुने निर्णय गरे उनलाई ‘आफू असंलग्न युद्धमा होमिने निर्णय गर्ने एक राष्ट्रपति’का रूपमा सदा स्मरण गरिने बताए ।

अमेरिकी संलग्नताले जारी द्वन्द्वलाई ’दलदल’मा परिणत गर्ने, निरन्तर आक्रामकता भइरहने अनि ’बर्बर ज्यादती’को अन्त्यमा ढिलाइ हुने पनि बताए । दक्षिण इजरायलको सोरोका अस्पतालमा इरानी क्षेप्यास्त्र प्रहार भएपछि उनको टिप्पणी आएको हो ।

इरानी सञ्चारमाध्यमहरूले अस्पताललाई नभई नजिकैको सैन्य इलाकामा निसाना दागिएको विवरण दिएका छन् । इजरायली सेनाले इरानका परमाणु संरचनाहरूमा हमला गरिरहेको बताएको छ जसमा अराकस्थित ‘निष्क्रिय’ हेभी वाटर रियाक्टर तथा नतान्ज केन्द्र रहेका छन् ।

तेहरानले इजरायलद्वारा भएका आक्रमणमा उसको हताहतीबारे अद्यावधिक विवरण दिएको छैन । बिहीवार ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले अमेरिका युद्धमा प्रत्यक्ष सामेल हुने कि नहुने भन्ने बारे आगामी दुई साताभित्र निर्णय लिने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *