नेदरल्याण्ड्सविरुद्ध नेपाल टस जितेर पहिले बलिङ गर्दै

काठमाडौं । त्रिकोणात्मक टी-२०  आई सिरिज अन्तर्गत केहिबेरमा नेदरल्याण्ड्सविरुद्ध हुने खेलमा नेपालले टस जितेको छ । ग्लासगोमा केहिबेरमा शुरु हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर नेदरल्यान्ड्सलाई पहिले बलिङको निम्तो दिएका हुन् ।

नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । मंगलबार स्कटल्याण्डसँग खेलेका किरण ठगुन्ना, बसिर अहमद र अनिल साहको स्थानमा भीम सार्की, आरिफ शेख र आसिफ शेखले टोलीमा मौका पाएका छन् ।

नेपालको प्लेइङ-११:- कुशल भुर्तेल, लोकेश बम, आसिफ शेख, भीम सार्की, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, रुपेश सिंह, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *