काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत हुने खेलमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । ग्लासगोमा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे शुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ भने नेदरल्यान्ड्स नेपाललाई हराउँदै शीर्ष स्थान कब्जा गर्ने लक्ष्यमा रहेको छ । नेदरल्यान्ड्स हाल ३ खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ भने नेपाल दुई खेलबाट २ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ ।
यसअघि भएको रोमाञ्चक खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हराएको थियो । आज नेपाललाई उक्त हारको बदला लिने अवसर रहेको छ ।