काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से घटेको छ । बुधबार नेप्से १ दशमलव ०७ अङ्कले घटेर २ हजार ६ सय ५३ दशमलव ६८ विन्दुमा झरेको छ ।
आज जलविद्युत्, जीवन बीमा, उत्पादन, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र होटल समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज कर्पाेरेट विकास बैंक समूहको शेयर १० प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेको दिन प्योर इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज ३ सय १४ कम्पनीको २ करोड ३४ लाख कित्ता शेयर ९ अर्ब ८ करोड रुपैयाँमा किनबेच भएको छ ।