कांग्रेसले पार्टी नेता शास्त्रीको निधनमा तीन दिन कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता ढुण्डिराज शास्त्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले शास्त्रीको निधनमा असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने, बिहीबार दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने तथा स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *