काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध जितका लागि ९८ रनको लक्ष्य पाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्ड १९.४ ओभरमा ९७ रन बनाउँदै अलआउट भयो । नेपालका सन्दीप लामिछाने एक्लैले चार विकेट लिए ।
लामिछानेले चार ओभरमा एक मेडनसहित ११ रन मात्र खर्चिए । यस्तै दीपेन्द्रसिंह ऐरी र करण केसीले समान दुई/दुई तथा ललित राजवंशीले एक विकेट लिए । स्कटल्यान्डका लागि माइकल लिस्कले ४४ रनको योगदान दिए । अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।