काठमाडौं । अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश तारादेवी महर्जनको इजलासले मंगलबार उनलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
यसअघि हाजिरी जमानीमा रिहा भएका मिश्र अदालतको सम्पर्कमा थिएनन् । उनी मंगलबार बिहान जिल्ला अदालतमा हाजिर भएका थिए ।यसअघि सोमबार अदालतले राप्रपाका महामन्त्री धवल शमशेर जबरालाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।