काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक बोलाएको छ । कांग्रेसले बुधबार बिहान ८ः३० बजेका लागि बैठक बोलाएको हो ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थित आग्रह गरिएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग राख्दै रास्वपा र राप्रपाले सदन अवरुद्ध गरिरहेको सन्दर्भमा कांग्रेसले बैठक बोलाएको हो ।