शेयर बजारमा सामान्य गिरावट

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से घटेको छ । मंगलबार नेप्से ३ दशमलव ९० अङ्कले घटेर २ हजार ६ सय ५४ दशमलव ७५ विन्दुमा झरेको छ ।

आज जलविद्युत्, लघुवित्त र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर डेढ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज गार्जियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर साढे ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटेको दिन प्योर इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ३ सय ६ कम्पनीका १ करोड ६४ लाख कित्ता शेयर ७ अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *