काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै सदनमा नाराबाजी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले विरोधको फरक शैली अपनाएको छ । मंगलबार रास्वपाका सबै सांसदहरूले निलो रङको रिबन लगाएर विरोध जनाएका छन् ।
निलो रङको दोसल्ला लगाएको सामूहकि तस्बिर सार्वजनिक गर्दै सांसदहरुले भनेका छन्, ‘मानव तस्करीविरूद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउँछ । आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबैले सांसदहरुले सदनमा निलो रिवन लगाएर ‘मानव तस्करी’ को विरोध गरेका छौं । हाम्रो आन्दोलन जारी छ ।’
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउन माग गर्दै रास्वपाले दैनिक संसद बैठकमा नाराबाजी गर्दै आएको छ ।