एजेन्सी । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत हुने खेलमा घरेलु टोली स्कटल्याण्ड र नेपाल भिड्दैछन् । ग्लासगोमा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे शुरु हुनेछ ।
सोमबार भएको खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । सोमबार तेस्रो सुपर ओभरसम्म पुगेको खेलमा नेपाल पराजित भएको थियो ।
यता स्कटल्याण्डले भने सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो ।