नेदरल्यान्ड्सद्वारा नेपाललाई मध्यम विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत जारी खेलमा नेदरल्यान्ड्सले नेपाललाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । टिटवुडमा जारी खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको हो । नेदरल्यान्ड्सको लागि तेजा निडामानुरुले सर्वाधिक ३५ रन बनाउँदा विक्रम्जित सिंहले ३०, साकिब जुल्फिकरले २५, माइकल लेभिटले २०, म्याक्स ओडोउडले १९ र जाच लियोन-चाचेटले ११ रन बनाए ।

नेपालको लागि सन्दीप लामिछानेले ४ ओभरमा १८ रन दिएर तीन विकेट लिँदा नन्दन यादवले दुई तथा ललित राजवंशी र कुशल भुर्तेलले समान एक/एक विकेट लिए । अब नेपालले जवाफी ब्याटिङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *