लोडसेडिङका कारण मारमा परेका एक उद्यमीको पीडा

काठमाडौं । लोडसेडिङका कारण मुलुकमै केही गरौं भन्ने उद्यमी कसरी हतोसाहित हुन्छन् भन्ने उदाहरण प्रशस्त छन् । यस्तैमा परेका रुपन्देहीमा खरेल एग्रो फार्मका संचालक छवि खरेल । पटक पटक अनि घण्टौं विद्युत जाँदा आफूले दैनिक तीस चालिस हजारको क्षति बेहोर्नुपरेको भन्दै उनले सामाजिक संजालमार्फत गुनासो गरेका छन् ।

उनी सामाजिक संजालमा लेख्छन्ः

नालायकहरुको नाङ्गो नाच छ । विद्युतको भर परेर प्रविधिलाई व्यवसायमा जोड्ने म जस्ता कयौं व्यवसायी आज पछुताउनु परेको छ । दैनिक ३० देखि ४० हजारको क्षति बेहोर्नु परेको छ । यी निकम्माहरुमा लाज शरम नैतिकता डर केही छैन । तेरो विद्युतत लैजा ए हराम खोर सरकार । जेनेरेटर किनेर चलाउँछु । डिमान्ड चार्ज मात्रै ५ हजार पठाउँछन् । मेसिन ५०० केजी लोडमा चलेको बेला विद्युत १० औ पटक जाने आउने गर्दा २५०,०००/ को गियर बक्स २ पटक खराब भएर अर्को २ लाख नोक्सान । को जवाफदेही हो ? कसले जिम्मा लिने यो क्षतिको ? अघिल्ला वर्षमा यस्तो अचाक्ली त थिएन । कहाँ हो कसले हो खै गुनासो सुन्ने ? यिनको त्यो फोन २४ सै घन्टा व्यस्त । तापक्रम ४१ अनि हाइ ह्यूमिडटीले गर्दा ४८ डिग्री फिल हुन्छ । अचानक विद्युत काटिन्छ ७ घण्टा आउँदैन । रात दिन दसौं पटक घण्टौं आउँदैन । अनि कुखुरा ठाउँको ठाउँ ढल्छ । बोरामा मरेका कुखुरा बोक्ने बाहेक अरु केही गर्न सकिँदैन । अब सहन सक्ने भन्दामाथि गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *