बैंकिङ कसुरका तीन फरार प्रतिवादी पक्राउ

काठमाडौं । ३९ लाख ५० हजार रुपैयाँ बराबरको बिगो भएका बैंकिङ कसुरका तीन फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसरको टोलीले बूढानीलकण्ठ नगरपालिका–१० बस्ने ४५ वर्षीया मुना खातुन श्रेष्ठ, भारत घर भइ कपन बस्ने ३८ वर्षीय मोहमद अली र सर्लाही घर भइ ६५ वर्षीय अर्जुन थापालाई पक्राउ गरेको हो ।

मुना १६ लाख, मोहमद अली ११ लाख र थापाविरुद्ध १२ लाख ५० हजार बिगो बराबरको उजुरी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *