उत्तराखण्डको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

काठमाडौं । भारत उत्तराखण्डको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा पाइलटसहित सात जनाको मृत्यु भएको छ । खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान छ । मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनास्थलमा एसडीआरएफ र स्थानीय प्रशासनको टोली परिचालित भइसकेको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *