नाइजेरिया । मध्य नाइजेरियाको एक सहरमा भएको आक्रमणमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको छ ।
बेनुए राज्यको एक शहरमा शनिबार बिहान सशस्त्र डाकुहरूले गरेको आक्रमणमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको पुष्टि भएको जोस राज्यको गभर्नरको कार्यालयका एक प्रवक्ता तेर्सु कुलाले शनिबार एएफपीलाई जानकारी दिए ।
स्थानीयले यसअघि एएफपीलाई करिब १०० जनाको मृत्यु भएको अनुमान गरिएको बताएका थिए ।
“यो अत्यन्तै खराब छ, धेरै मानिसको मृत्यु भएको छ,” शहरका एक बासिन्दा अमिनाह लियाफा हिरले एएफपीसँग भने ।
उनले भने, “धेरै घरहरू पनि जलेका छन् अन्दाजी १०० भन्दा बढी व्यक्ति मारिएका हुन सक्छन् ।”
प्रहरी प्रवक्ता उडेम एडेटले एएफपीसँगको कुराकानीमा आक्रमणको पुष्टि गर्दै प्रहरीले आक्रमणकारी सशस्त्र आक्रमणमा उत्रेको बताए ।
गभर्नरका प्रवक्ताले कुलाले भने, “येल्वाटा समुदायमाथि स्थानीय समयअनुसार राति १० बजेतिर आक्रमण भएको र करिब दुई घण्टासम्म चलेको सशस्त्र झडपका क्रममा दर्जनौँ व्यक्तिको हताहत भएको छ भने कैयौँ घर जलेका छन् ।”
कुलाले सरकारी अधिकारी र प्रहरी आयुक्तले येल्वाटाको भ्रमण गरेको र ४५ जनाको मृत्यु भएको पुष्टि गरेको बताए ।
नाइजेरियाको मध्य भागको रूपमा चिनिने यस क्षेत्रमा आक्रमणहरू प्रायः धार्मिक वा जातीय भिन्नताहरूबाट प्रेरित हुन्छन्।
मुस्लिम जातीय फुलानी घुमन्ते गोठालाहरू लामो समयदेखि जमिन र स्रोतसाधनको पहुँचलाई लिएर बसोबास गर्ने किसानहरूसँग झगडा गर्दै आएका छन्, जसमध्ये धेरै इसाई छन्।
दुई साताअघि बेनुए राज्यमा बन्दुकधारीले गरेको दुई आक्रमणमा परी २५ जनाको मृत्यु भएको थियो ।