काठमाडौँ । ‘योग्यता, निष्पक्षता र स्वच्छता’ भन्ने मूल मर्मका साथ अगाडि बढेको लोक सेवा आयोगले आफ्नो स्थापनाको ७५औँ वार्षिकोत्सवलाई विभिन्न कार्यक्रमको आयोजना गरी ‘हीरक महोत्सव’का रूपमा आज मनाउँदैछ ।
सो अवसर पारेर आयोगले आँखा शिविर, रक्तदान, प्रतिभा सम्मानलगायत सप्ताहव्यापी रूपमा विविध कार्यक्रम सम्पन्न गरिसकेको छ । नेपालको संविधानमा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सङ्घीय सरकारी सेवाका पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी आयोगको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आथित्यतामा हीरक महोत्सव समारोह आयोजना गरिएको आयोगले जनाएको छ । केन्द्रीय कार्यालयसहित काठमाडौँमा तीन र काठमाडौँ बाहिर ११ गरी १४ वटा कार्यालय रहेको आयोगका सबै कार्यालयमा हीरक महोत्सवसम्बन्धी कार्यक्रम आयोजना हुने जानकारी दिँदै सदस्य राईले भने“अहिले सुरुआतमा सप्ताहव्यापी रूपमा उत्सव मनाइने भए पनि वर्षभरि नै हीरक महोत्सवसम्बन्धी कार्यक्रम हुन्छन् ।
हीरक महोत्सव प्रचारप्रसार समितिका संयोजकसमेत रहेका आयोगका सदस्य वीरबहादुर राईका अनुसार यस अवसरमा विभिन्न रचनात्मक एवं सृजनात्मक कार्यक्रमसहित ७५औँ वार्षिकोत्सवका कार्यक्रम सञ्चालन गरिरहेको छ । आयोगले सरकारी सेवा प्रवेशका क्रममा जनशक्ति छनोटसहित पदपूर्तिका लागि सिफारिस गर्दै आएको छ ।