न्याय परिषदद्वारा उच्च अदालतका चार मुख्य न्यायाधीश सिफारिस

काठमाडौं । न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको छ । शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।

त्यस्तै बैठकले उच्च अदालत दिपालका न्यायाधीश (हाल वैदेशिक रोजगार न्यायाधीशकरणमा काजमा कार्यरत) गोकर्ण डाँगीलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा सरुवा सिफारिस गरेको छ।

त्यस्तै वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन, हेटौँडा इजलासमा कार्यरत न्यायाधीश डा शान्ता सेढाई साफकोटालाई तोक्न सिफारिस गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *