बीबीसी । अस्ट्रेलिया र बेलायतसँग गरेको अर्बौँ डलरको पनडुब्बी सम्झौतालाई ‘अमेरिका पहिले’ भन्ने अजेन्डा अनुकूल भए नभएको हेर्ने भन्दै वाशिङ्टनले समीक्षा गर्ने बताएको छ । त्रिदेशीय उक्त सुरक्षा सम्झौतालाई चीनको उदाउँदो शक्तिको जवाफको रूपमा हेरिएको थियो ।
अस्ट्रेलिया–बेलायत–अमेरिका वा छोटकरीमा ’ओकस’ नाम दिइएको उक्त सम्झौता अन्तर्गत अस्ट्रेलियाले अमेरिकाबाट पहिलो परमाणु रियाक्टरबाट सञ्चालन हुने पनडुब्बी प्राप्त गर्ने थियो । साथै तीन साझेदारले अत्याधुनिक प्रविधि आपसमा बाँडेर नयाँ नौसैनिक फ्लीट तयार गर्ने थिए ।
नयाँ प्रशासनले स्वाभाविक रूपमा पुराना सम्झौता समीक्षा गर्छ भन्दै अस्ट्रेलिया र बेलायतले पछिल्लो समाचारबाट धेरै चिन्तित नभएको जनाएका छन्। बेलायतले पनि गत वर्ष त्यसको समीक्षा गरेको थियो ।
ह्वाइट हाउसले अस्ट्रेलियालाई उसको रक्षा खर्च बढाएर जीडीपीको २ प्रतिशतबाट ३.५ प्रतिशत पुर्याउन दबाव दिइरहेको छ ।
हालसम्म क्यानबेराले त्यसमा सहमति जनाइसकेको छैन । २३९ अर्ब डलर बराबरको उक्त सम्झौता सन् २०२१ मा हस्ताक्षर हुँदा तीनवटै देशमा अहिलेका भन्दा फरक नेताहरू थिए ।