काठमाडौं । भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका लागि निवेदन आह्वान गरेको छ ।
आयोगले बिहीबार सूचना प्रकाशितगरी ३५ दिनभित्र निवेदन दिन आह्वान गरेको हो । निवेदन संकलनका लागि स्थानीय तहका वडाहरूमा संकलक खटिएका र उनीहरूमार्फत निवेदन दिन सकिने आयोगले जनाएको छ ।