कृषि अनुदान अनियमितता प्रकरणमा मधेशको कृषि मन्त्रालयकी तत्कालीन सचिव दोषी ठहर

काठमाडौं । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छिन् ।

बिहीबार विशेषका अध्यक्ष टेकबहादुर कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सिंहलाई दोषी ठहर गरेको हो ।

त्यसैगरी अदालतले मन्त्रालयकै तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका कार्यालय प्रमुख शंकरप्रसाद साह र एक करोड रुपैयाँ अनुदान लिएको युवरानी मत्स्य तथा कृषि फार्म प्रालिका सञ्चालक लक्ष्मीनारायण साहलाई समेत दोषी ठहर गरेको छ ।

अदालतले उनीहरुलाई एक एक वर्ष कैद तथा जनही २५ लाख जरिवाना र सोहीबराबरको बिगो असुलउपर हुने ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुसमा सिंहसहितका कर्मचारी र कृषि फर्मका सञ्चालकविरुद्ध नक्कली कागजातका आधारमा कार्यक्रम सम्झौता गरी एक करोड रुपैयाँ अनुदानबापत भुक्तानी गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतले कर्मचारीहरू अमरचन्द्र मण्डल, ब्रजेशकुमार साह, रंजिकुमार अधिकारी, अविनाशकुमार झा र विकासकुमार साहलाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *