कमलादीमा प्रचण्डले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन उक्साएको राप्रपाको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले माओवादी अध्यक्ष प्रचण्डले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन उक्साहट गरेको आरोप लगाएको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सोमबार साँझ कमलादीमा दिवंगत राजपरिवारको सम्मान आयोजित दीप प्रज्वलन कार्यक्रममा वाइसिएलबाट भएको अवरोधको प्रयासको राप्रपाले विरोध गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, स्वर्गबासी राजा वीरेन्द्र र दिवंगत राजपरिवारको सम्मान र सम्झनामा जेठ १९ गते साँझ कमलादी मन्दिरमा राजपरिवारको समेत उपस्थितिमा आम जनताले श्रद्धाञ्जली अर्पण र दीप प्रज्वलन गर्ने कार्यक्रममा नेकपा माओवादी केन्द्र निकट वाइसिएलबाट भएको अवरोधको प्रयासको राप्रपा सशक्त विरोध गर्दछ। पूर्वप्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन गर्नुभएको उक्साहटप्रति राप्रपा खेद व्यक्त गर्दछ।’

दीप प्रज्वलनका क्रममा वाइसिएल कार्यकर्ताले ढुंगा प्रहार गरेको खबर सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *