काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रतपक्षी दलले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामाबाट पछि नहटेपछि संसद बैठक भोलिसम्मलाई स्थगित भएको संसद सचिवालयले जनाएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो ।
तर, सदन सञ्चालनका विषयमा दलहरूबीच सहमति नजुटेकाले बैठकको समय दिउँसो १ बजेका लागि सारिएको थियो । गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक पुनः स्थगित गरिएको हो ।