काठमाडौं । चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म ’आ बाट आमा’ को शीर्ष भूमिकामा अभिनेता पल शाह अनुबन्ध भएका छन् । यसअघि यो फिल्ममा आमाको भुमिकाका लागि अभिनेत्री विपना थापा अनुबन्ध भइसकेकी छन् ।
निर्देशक पन्तले नै गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्रस्वदीर्घ’ मार्फत विपनालाई १६ वर्षको अन्तरालमा नेपाली रजतपटमा पुनरागमन गराएका थिए । अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको ‘आ बाट आमा’ ले आमा र सन्तानबीचको गहिरो कथा भन्ने जनाइएको छ ।