संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छः सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्ने बताएका छन् । प्रतिपक्षी दलहरुले सदन अवरोधको तयारी गरेको भन्दै सचिव भट्टराईले सदनलाई संवाद गर्ने थलो बनाउनुपर्ने बताएका हुन् ।

उनले विगतमा तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई कांग्रेसले बोल्न नदिँदा आफूहरु त्यसको विपक्षमा रहेको भन्दै अहिले पनि आफूहरुको त्यही अडान रहेको बताए ।

उनले भने, ‘हामी त हिजो पनि उही, आज पनि उही ! तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप सहित तत्कालिन प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा कुरा उठायो । रविजीले संसदमा बोल्ने समय माग्नु भयो । कांग्रेसले बोल्न नदिने अडान लियो । हामीले कांग्रेसको अड़ान गलत छ, गृह मन्त्रीलाई बोल्न दिनु पर्छ भन्यौं । अन्ततः कांग्रेस अडानबाट पछि हट्यो । रविजीले संसदको सोस्टमबाट आफनो बचाउ गर्नु भयो । आज साइकलको पांग्रा त्यही ठाउँमा आइपुग्यो । हिजो गृहमन्त्रीलाई बोल्न नदिने आज सत्ता पक्ष, गृह मन्त्रीलाई बोल्न दिनुपर्छ भन्नेहरू प्रतिपक्ष । हाम्रो अडान हिजो पनि त्यही थियो, आज पनि त्यही छ । संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ । संसद सुचारू गर्नु पर्छ । संवाद गर्ने थलो संसद हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *