दुई निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । निर्धारित समयमा काम नगर्ने दुई निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।

कार्यालयले सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार दुईवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जनाएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *