गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने भएको छ ।

सोमबार बसेको पार्टी संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पद छोडेर अनुसन्धानमा सघाउनुपर्ने निर्णय गरेको हो । कार्यवाहक प्रवक्ता मनीष झाले मंगलबारको बैठकमा पनि जेठ १३ र १४ गतेकै भूमिकामा प्रस्तुत हुने बैठकले निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘भोलिको संसद् बैठकमा पनि हामी जेठ १३ र १४ गतेको बैठककै भूमिकामा प्रस्तुत हुन्छौँ । भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्नको लागि गृहमन्त्रीज्यूले पद छोडिदिनुपर्छ । अरुलाई छानबिन गर्नको लागि आफू पछि हटेर स्पेस दिनुपर्छ ।’

उनले परिवारको सदस्यले गरेको बदमासीको जिम्मेवारी अभिभावकले लिने उल्लेख गर्दै उक्त प्रकरणबारे गृहमन्त्री स्वयंले नभई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने समेत उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *