गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध यथावत् रहने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद अवरोध यथावत् रहने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टी संसदीय दलको बैठकले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध कायमै राख्ने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

उनले गृहमन्त्रीले मार्ग प्रशस्त नगरेसम्म अवरोध कायमै राख्ने बैठकले निर्णय गरेको बताए । मंगलबार संसद बैठक बस्नुअघि प्रतिपक्षी दलहरू बसेर रणनीति बनाउने माओवादीले तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *