काठमाडौं । राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ ।
आन्दोलनका क्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले जेठ १९ गतेलाई तोकिएको बन्दको कार्यक्रम फिर्ता लिएको जनाएको छ ।
समितिका संयोजक नवराज सुवेदीले जारी गरेको विज्ञप्तिमा, ‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरु रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ ।’ भनिएको छ ।
आइतबार काठमाडौंमा गरेको प्रदर्शनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा नेताहरुले उपत्यका बन्द गर्ने घोषणा गरेका थिए । तर ती सबै नेताहरुलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको थियो ।