पोखरामा अलपत्र परेका यात्रुको सशस्त्र प्रहरीको स्कर्टिङ्गमा यसरी ल्याइँदैछ काठमाडौ र चितवन(भिडियो)

काठमाडौं । पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्याउन आइतबार पनि स्कर्टिङ्ग गरिएको छ ।

सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुहरुलाई आइतबार बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्याउन लागिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सीमाना कोत्रेसम्म स्कटिङ्ग गर्ने छ भने त्यहाँबाट नम्बर २३ मनकामना गण तनहुँले नेपाल प्रहरीसहित स्कर्टिङ गरी मुग्लिनसम्म ल्याउनेछ ।

गण्डकी प्रदेश र बागमती प्रदेशको सीमानामासम्म स्कर्टिङ्ग गरी यात्रुहरुलाई सुरक्षित रुपमा उनीहरुको गन्तव्य स्थानसम्म पुर्याइने छ । २५ वटा बस चितवन र काठमाडौको लागि छुटेका उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *