काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वटा मुद्दामा नविन सम्झौता गर्न अपील गरेका छन् ।
आइतबार सामाजिक संजालमार्फत शाहीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेजी, हिन्दू, बुद्ध, किराँतसहितको वैदेशिक वैदिक सनातन हिन्दु अधिराज्य घोषणा गर्नुपर्ने बताएका हुन् ।
त्यस्तै उनले राष्ट्रपतिलाई हटाएर राजा राख्ने संवैधानिक राजसंस्थाको स्थापना गर्न र संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द गर्न नेपालको संविधानको धारा २८४ खारेज गर्ने संवैधानिक परिषद को अन्त्य गर्न माग गरेका छन् ।