यसैगरी जनसमर्थन बढ्दै गयो भने सरकारलाई झुकाउँछौंः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको जग हल्लिँदा प्रचण्डलाई पीर पर्नु स्वाभाविकै भएको बताएका छन् ।

शनिबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले उहाँ गणतन्त्रको संस्थापक भएकाले त्यसको जग हल्लिँदा पीर पर्नु स्वाभाविकै भएको बताएका हुन् उनले प्रचण्डले राप्रपाले पैसा बाँडेर मानिस उतारेको भन्ने प्रचण्डको भनाईको प्रतिवाद गरे ।

उनले भने, ‘विचरा प्रचण्डकोबारेमा मैले प्रतिवाद गरिरहनु आवश्यक छैन । प्रचण्ड के के बर्बराउनुहुन्छ, त्यसलाई अन्यथा मान्नु हुँदैन । उहाँले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न टाढा–टाढाबाट मान्छेहरू बोलेर ल्याउनुभएको थियो । पार्टी प्यालेसमा कुन प्रकारको भोज लगाउनुभएको थियो, उहाँहरूलाई थाहा छ । पैसा वितरण गरेर मान्छे ल्याउने र जुलुस गर्ने कुरा उहाँले आफ्नो अनुभव सुनाउनुभएको होला । यसैगरी जनसमर्थन बढ्दै गयो भने सरकारलाई झुकाउँछौं । उहाँहरुको लुटतन्त्रको चाहिँ अन्त्य गर्छौैं गर्छौं ।’

शनिबार नुवाकोटमा आयोजित एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले राजावादीहरूले भाडामा मान्छे ल्याएर उतारेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *