एजेन्सी । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग(आईपीएल)को क्वालिफायरमा पुगेको छ । शुक्रबार राति भएको इलिमिनेटरको खेलमा गुजरात टाइटान्सलाई २० रनले हराउँदै मुम्वई क्वालिफयारमा पुगेको हो ।
जितको लागि २ सय २९ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरममा ६ विकेटको क्षतिमा २ सय ८ रनमात्र बनाउन सक्यो । गुजरातको लागि साइ सुधर्शनले ८० रन बनाउँदा वाशिंगटन सुन्दरले ४८, शेर्फाने रुथरफोर्डले २४, कुशल मेन्डिसले २०, राहुल टेवाटियाले १६ र शारुख खानले १३ रन बनाए ।
मुम्बईको लागि ट्रेन्ट बोल्टले दुई विकेट लिँदा ट्रेन्ट बोल्टले दुई विकेट लिँदाले जस्प्रित बुम्रा, रिचार्ड ग्लेसन, मिट्चेल सान्टनेर र अश्वानी कुमारले एक/एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको मुम्बईले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो ।
मुम्बईको लागि रोहित शर्माले ८१, जोनी बैर्स्ट्रोले ४७, सुर्यकुमार यादवले ३३, तिलक वर्माले २५, कप्तान हार्दिक पान्ड्यले २२ र नमन धिरले ९ रन बनाए ।
गुजरातको लागि प्रशिद्द कृष्णा र साइ किशोरले दुई/दुई विकेट लिँदा मोहम्मद सिराजले एक विकेट लिए ।
अब मुम्बईले दोस्रो क्वालिफायरमा पञ्जाव किंग्सको सामना गर्नेछ । पञ्जाव पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्नेछ ।