रासायनिक मलको लागि २८ अर्ब ८२ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले कृषिमा आधुनिकीकरण र अर्थतन्त्रमा रुपान्तरण नाराका साथ उत्पादनशील क्षेत्रमा रुपान्तरण गर्ने उद्देश्यले आगामी आर्थिक वर्षमा रासायनिक मलको लागि २८ अर्ब ८२ करोड बजेट छुट्याएको छ ।

बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उच्च मूल्य वस्तु उत्पादनको लागि ८३ करोड र चैते धान उत्पादनको लागि आवश्यक पर्ने सिंचाईका लागि ३३ करोड तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि ३ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *