सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी बचतकर्ताको रकम फिर्ता गरिने

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताको सम्पत्ति एवं राहदानी रोक्का राख्ने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै उनले भने, ‘समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलन कर्ताको सम्पत्ति एवं राहदानी रोक्का राखिने छ ।’

त्यस्तै उनले सहकारी संस्थामा रहेको ५ लाखसम्मको बचत रकमको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत् निक्षप सुरक्षण गरिने बताए ।

सहकारीको रकम अपचलन गर्नेको सम्पत्ती लिलाम बिक्री गरी बचतकर्ताको रकम फिर्ता गर्न सक्रिय कोष स्थापनाका लागि बिउँ पुँजीको व्यवस्था गरेको उनले बताए ।

उनले सहकारी संस्थाको वर्गीकरण, एकीकरण र संरचनागत सुधार गरिनेछ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋण सहकारी संस्थाहरुको प्रभावकारी नियमन गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *