बुटवल । बुुटवलको कालिकानगरको होराइजन चोकस्थित मिलिजुली पथमा एक युवकले एक महिला र दुई बालिकाको हत्या गरेका छन् ।
बुटवलको कालिकानगरमा घर भएका ३५ वर्षीय सुजन कोइरालाले बुधबार बिहान पूर्वपत्नी दीपा बस्याल र उनका दुई छोरीहरुको बिभत्स हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
मृतक बालिकाहरु ७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया हिमान ढकाल हुन् । मृतक दीपाले सुजनसँग सम्वन्ध बिच्छेद गरेर पाल्पाका शंकर ढकालसँग बिवाह गरेकी थिइन् ।
मृतक दुई बालिका शंकर ढकाल र दीपा बस्यालका हुन् । प्रहरीले हत्यामा संलग्न सुजनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । कोइरालाले यसअघि आफ्नै दाजुको हत्या गरेपछि कारागार चलान भएका र संविधान दिवसका अवसरमा माफी पाएर रिहा भएका थिए ।
सम्वन्ध बिच्छेद भई अर्कैसँग बिवाह गरी गएकी पूर्व पत्नीलाई घरमा बोलाएका र बिहान पख चक्कु र घनले हानेर मारेको देखिएको प्रहरी नायव उपरीक्षक रानाले जानकारी दिए ।