नागढुंगाबाट चाँदीको गरगहनासहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले नागढुंगाबाट चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा नागढुङ्गा चेकप्वाईन्टबाट १२.१७६ किलोग्राम चाँदीको जस्तो देखिने धातुका गरगहनासहित बाराको कलैयाका अनिशकुमार सिंहलाई पक्राउ गरेको हो ।

वीरगंजबाट काठमाडौंतर्फ आइरहेको बा. प्र. ०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक सिंहले बसमा लुकाई छिपाई ल्याएको अवस्थामा चाँदी जस्तो देखिने धातुबाट बनेका बिल बीजक नभएका सिक्री, चन्द्रमा, पाउजुलगायतका गरगहना बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिलराज बोहराले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *