काठमाडौं । विश्व विख्यात आरोही कामी रिता शेर्पाले सगरमाथाको ३१ औं पटक सफल आरोहण गरेका छन् । मंगलबार बिहान चार बजे शेर्पा ३१ औं पटक सगरमाथा शिखरमा पुगेका सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ ।
यससँगै सगरमाथा आरोहणको व्यक्तिगत कीर्तिमानलाई अझ उच्च बनाउँदै उनले पुनः नयाँ इतिहास रचेका छन् । सोलुखुम्बुका कामी रिता शेर्पा विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने पर्वतारोही हुन् ।
उनी अहिले सुरक्षित रूपमा आधार शिविरतर्फ फर्कंदै छन् । सोलुखुम्बुको थामेका कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए।