हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न गएको प्राविधिक टोलीले ५ हजार ३ सय ५० मिटरमा रहेको हिमताल भएको स्थानसम्मै पुगेर अध्ययन गरेको छ ।
यसअघि दुईवटा हिमताल देखिएको स्थानमा तीनवटा ताल भेटिएका अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले जानकारी दिए ।
अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी छन् ।
यही जेठ १ गते रातीको बाढी र सुख्खा पहिरोका कारण नाम्खा गाउँपालिका–६ तिल गाउँका १८ घरका ३२ जना परिवार विस्थापित भएका थिए ।
photo: National Disaster Risk Reduction & Management Authority