२८ लाख ९३ हजार रूपैयाँ नगद तथा सुन र चाँदीसहित काठमाडौंबाट एकजना पक्राउ

काठमाडौं । प्रहरीले सुन जस्तो देखिने धातु, चाँदी र झन्डै २९ लाख नगदसहित प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले शनिबार कोटेश्वर सेती ओपी मार्गबाट श्रीराम ज्वेलर्सका संचालक योगेश श्रीमन्त मगरलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । उनी भारत महाराष्ट्र सोलापुरका हुन् ।

प्रहरीले उनको साथबाट ७३४.२९ ग्राम सुन जस्तो देखिने धातु र साढे नौ किलो चाँदी जस्तो देखिने धातु बरामद गरेको हो । त्यस्तै उनको साथबाट प्रहरीले २८ लाख ९३ हजार रूपैयाँ नगदसमेत बरामद गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *