काठमाडौँको बालकुमारीबाट १६८ थान मोबाइलसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौँको बालकुमारीबाट प्रहरीले १६८ थान मोबाइलसहित प्रहरीेले दुई जनालाई पक्राउ गरेको छ । सडकमा जाँचको क्रममा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले अवैध मोबाइलसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–१३ घर भइ काठमाडौँ बाफल बस्ने वर्ष २४ को शंखर श्रेष्ठ र भक्तपुर नगरपालिका २ बस्ने वर्ष २३ को कुशल सिल्पकार छन् ।

प्रहरीका अनुसार बरामद मोबाइलमा भिभो ३० थान, सामसङ २५ थान, ओप्पो १७ थान, रियलमी १६ थान, रेडमी १३ थान, वन प्लस १० थान, आईफोन १३ थान, मोटोरोला ६ थान, नोकिया ३ थान र अन्य कम्पनीका ३५ थान गरी जम्मा १६८ थान अवैध मोबाइल बरामद भएको हो ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *