डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत

जेनेभा। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मङ्गलबार कोभिड–१९ सङ्कटबाट उत्पन्न भएको तीन वर्षभन्दा बढी वार्तापछि भविष्यको स्वास्थ्य सङ्कटसँग जुध्न एउटा ऐतिहासिक महामारी सम्झौता स्वीकृत गरेको छ ।

यो सम्झौताको उद्देश्य भविष्यका कुनै पनि महामारीमा विश्वव्यापी समन्वय र निगरानी तथा खोपहरूको पहुँच सुधार गरेर कोभिड–१९ महामारीको वरिपरि रहेको अव्यवस्थित प्रतिक्रिया र अन्तर्राष्ट्रिय अव्यवस्थालाई रोक्नु हो ।

डब्लुएचओको निर्णय गर्ने वार्षिक सभाले मङ्गलबार जेनेभाको मुख्यालयमा उक्त योजना स्वीकृत गरेको हो ।

“यो एक ऐतिहासिक दिन हो”, डब्लुएचओ प्रमुख टेड्रोस अधानम घेब्रेयसले मतदानपछि भने।

धेरै चरणको तनावपूर्ण वार्तापछि गत महिना सहमतिमा सम्झौताको पाठलाई अन्तिम रूप दिइएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओबाट आफ्नो देश फिर्ता लिने निर्णय गरेपछि संयुक्त राज्य अमेरिका ती वार्ताहरूबाट बाहिरिएको थियो । अमेरिका बाहिरिने प्रक्रिया पूरा हुन एक वर्ष लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *